क्यानडा मौसमः 'हिट डोम' का कारण अमेरिका र क्यानडामा अत्यधिक गर्मी

"अमेरिकाको उत्तरपश्चिम प्रशान्त महासागरीय तट र क्यानडा इतिहासकै सबैभन्दा उखरमाउलो गर्मीको केन्द्रविन्दु बनेको छ," मौसमविद् स्कट डन्कन भन्छन्।

"मध्य दिन हुनुअघि सर्वाधिक तापक्रमको कीर्तिमान तोडिएका छन्। भोलि झन् गर्मी। पर्सी अझै गर्मी... मैले जे देखिरहेको छु त्यो विश्वास गर्न सकिरहेको छैन," उनले आफ्नो ट्विटरमा लेखेका छन्।

अमेरिकाको उत्तरपश्चिम प्रशान्त महासागरीय तट र क्यानडाको तापक्रमको ग्राफ यसअघिका सर्वाधिक गर्मीको कीर्तिमान तोड्दै उकालो लागेको छ।

शनिवार सिआटलको तापक्रम ३८ डीग्री सेल्सीअस थियो। जुन महिनामा यसअघि त्यति तापक्रप कहिल्यै नापिएको थिएन।

अमेरिकाको 'न्याश्नल वेदर सर्भिस'ले वाशिङटन, ओरेगन, क्यालिफोर्निया र आईडाहो राज्यमा गर्मीबारे चेतावनी जारी गरेको छ।

क्यानडामा पनि अहिलेसम्मकै बढी तापक्रम नापिएको छ। लेट्टनमा आइतवारको तापक्रम ४६.६ डीग्री सेल्सीअस थियो। यसले ८४ वर्ष पुरानो कीर्तिमान भङ्ग गर्यो।

ती स्थानहरूमा सामान्यतया तापक्रम उच्च नहुने भएका कारण घरहरू वातानुकूलित नभएको बताइन्छ।

धेरै मानिसहरू गर्मीबाट बच्न पौडी पोखरी, समुद्र किनार, नदी, सडकका पानीका फोहरा र होटलहरूमा जम्मा भएका छन्।

प्रकाशित मिति: : 2021-06-30 18:34:00

प्रतिकृया दिनुहोस्