२०४५ मा नाकाबन्दीकै बेला खन्न शुरू गरिएको ‘पेट्रोलियम खानी’ अलपत्र, चुनाव आउँदा मात्र चर्चा

लोकान्तर

काठमाडौँ

उत्तम पोखरेल

‘अब घरछेउमै पेट्रोल खानी बन्ने भयो, काम पाइन्छ भन्ने आशा थियो । पेट्रोल राख्नुपर्छ भन्दै गहिरा–गहिरा खाल्डा खन्न लगाए । हामी खुशी भएका थियौं । खोलाबाट बालुवा ल्याउँदा ३ रुपैयाँ दिन्थे...,’ मोरङको बेलबारी नगरपालिका वडा नम्बर ८ की तारा माया सार्कीले ३३ वर्षअघिका ती दिनहरू सम्झिइन् ।

नेपाल सरकारसँगको सम्झौताबमोजिम इटालीयन कम्पनीले पेट्रोलियम अन्वेषण गर्दा तारा माया कामदारका रूपमा खटिएकी थिइन् । गाउँमै रोजगारी पाइने भयो भनेर कम्ता खुशी थिइनन्, उनी । सम्भावित खानीको छेउमै घर बनाएर बस्न थालिन् ।

केही समय तातेको अन्वेषणको काम र चर्चा विस्तारै सेलायो । मानिसहरूको चहलपहल हरायो । कसैले सोधखोज गर्न समेत छाडे । अहिले उनीसँग खानीको स्मरण एउटा सपनाका रूपमा मात्र जीवित छ ।

तारा माया मात्र होइन बेलबारी– ८ का हरेक नागरिकका लागि पेट्रोलियम खानी एउटा मृगतृष्णका रूपमा रहेको छ । सपना देख्न थालेको ३ दशक नाघ्यो, तर पूरा हुने कि नहुने पत्तो छैन ।

बेलबारी– ८ राधानगरमा रहेको खानी क्षेत्र अहिले झाडीमा परिणत भएको छ । स्थानीयले गाईबाख्राका लागि चरण क्षेत्रको रूपमा प्रयोग गर्दै आएका छन् ।

प्रकाशित मिति: : 2021-07-01 22:16:00

प्रतिकृया दिनुहोस्