छिर्केमिर्के टिप्पणीमाथि तथ्ययुक्त स्पष्टता

गोरखापत्र

सूर्य थापा

नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठकमा ‘बबरमहल प्रकरण’, शिक्षामन्त्रीको व्यवहार र रूपा सुनारको जाहेरी तथा सरस्वती प्रधानको पक्राउ एवं रिहाइबारे छलफल भएको छ। यस प्रकरणमा अभियन्ताहरूका सबै अभियानको आँखा चिम्लेर समर्थन गर्नुपर्ने जरुरी नरहेको तथा छुवाछूत र अन्यायविरुद्ध सरकारका मन्त्रीहरू तथा पार्टीका नेता–कार्यकर्ताहरू कसैको पक्ष वा विपक्षमा होइन, राष्ट्रिय साझा दृष्टिकोण र व्यवहारका साथ प्रस्तुत हुन निर्देशित गरिएको छ।

कोही कसैले पनि भावुकता प्रदर्शन गर्नु उचित नहुने स्पष्टताका साथ शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्रीसमक्ष त्यस सन्दर्भको व्यवहार ‘बढी’ जस्तो हुन पुगेको स्वीकार गर्नुभएको छ। अब यसलाई अनावश्यक र धेरै नउछाल्नसमेत सबैको ध्यानाकर्षण गरिएको छ। किनभने शिक्षा मन्त्री छुवाछूतको पक्षधर वा दलित समुदाय विरोधी व्यक्ति नहुनाले व्यवहारमा देखिएको कमजोरी नदोहो¥याउने प्रष्ट गरिसक्नुभएको छ।

बबरमहल ‘प्रकरण’ र त्यसबारेको कानुनी उपचार विचाराधीन अवस्थामै छ। अझ अभियोजनको प्रक्रियामै रहेको छ। यसबारेमा ‘सेतोपाटी’ मा प्रधानसम्पादक अमित ढकालजीले लेख्नुभएको टिप्पणी पठनीय र सान्दर्भिक लाग्ने भए पनि उहाँले प्रधानमन्त्रीबाट गर्नुभएको ‘अपेक्षा’ सकारात्मकजस्तो लाग्ने शीर्षक राख्नुभएको छ र भित्र पसेर पढ्दा छिर्केमिर्के कुरा नै बढी छ। उहाँ लेख्नुहुन्छ....

प्रकाशित मिति: : 2021-07-02 07:36:00

प्रतिकृया दिनुहोस्