सामाजिक सुरक्षा कोष र बैंकहरूबीच टसल– बैंकर्सहरू आन्दोलित, कहाँ मिलेन कुरा ?

लोकान्तर

काठमाडौँ

पछिल्लो समय सामाजिक सुरक्षा कोष र बैंकहरूबीचको विवाद उत्कर्षमा छ । बैंकका कर्मचारीहरू यथास्थितिमा कोषमा सहभागी हुन मानिरहेका छैनन् ।

कार्यविधि नै संशोधन गरेर आफूहरूका माग सम्बोधन हुनुपर्ने उनीहरूको अडान छ । 

मंगलवारबाट अधिकांश बैंकका कर्मचारीहरूले आन्दोलन शुरू गरिसकेका छन् । आन्दोलनरत कर्मचारीहरूले अदालतमा मुद्दा समेत दायर गर्ने तयारी गरेका छन् ।

‘माग सम्बोधन गर्नेतर्फ कोषले कुनै पनि कदम चालेन, त्यसकारण हामी अहिले डकुमेन्टेसनको काममा छौं । केही दिनमा अदालतमा मुद्दा दायर गर्ने तयारी भइरहेको छ,’ वित्तीय संस्था कर्मचारी संघका उपमहासचिव विकास श्रेष्ठले लोकान्तरलाई जानकारी दिए ।

उनले युनियनको मागमा कोषले कुनै चासो नदेखाएको आरोप लगाए ।

उनले भने, ‘हामी अहिले गर या मरको अवस्थामा छौं । कोभिड महामारीको समयमा कोषले हामीलाई पेलेर अगाडि बढिरहेको छ ।’

प्रकाशित मिति: : 2021-07-02 12:03:00

प्रतिकृया दिनुहोस्