निर्देशक तथा कलाकार विशारद बस्नेतको निधन भएको छ। बस्नेतको कोरोनाबाट निधन भएको हो।
२३ मे मा उनलाई कोरोना संक्रमण भएपछि उनले आफ्नो सम्पर्कमा आउनेहरूलाई आईसोलेटेड हुन पनि आग्रह गरेका थिए।
निमोनियाले च्यापेपछि उनलाई केही दिनअघि मेडिसिटि अस्पतालको आइसियुमा भर्ना गरिएको परिवारिक स्रोतले बताएको छ। तर उनकाे उपचारकाे क्रममा मृत्यु भएकाे हाे।
बस्नेतले 'मिस्टर भर्जिन', 'न यता न उता' जस्ता चलचित्रलाई निर्देशन गरिसकेका छन् भने उनले '२ रुपैयाँ', 'सुश्री सम्पत्ति', 'ताण्डव' जस्ता चलचित्रमा अभिनयसमेत गरेका छन्।