कोभिड नेपाल: निषेधाज्ञा खुकुलो पारेपछि कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्यो, सरकारी तयारी 'असाध्यै अपुग'

बिबिसी

काठमाडाैं

काठमाण्डू उपत्यकासहित नेपालका विभिन्न स्थानमा निषेधाज्ञा थप खुकुलो भइरहेका बेला स्वास्थ्य मन्त्रालयले सम्भावित जोखिमलाई ध्यानमा राखेर तयारी गरिरहेको जनाएको छ।

मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलका अनुसार बढ्न सक्ने सङ्क्रमण नियन्त्रणका लागि अस्पतालहरूलाई निर्देशन दिने लगायतका काम थालिएको छ।

पौडेलले भने, "हाम्रो प्राथमिकता भनेको धेरैलाई कसरी बचाउन सकिन्छ, परीक्षण कसरी बढाउन सकिन्छ र द्रुत प्रतिकार्ययोजनालाई कसरी चुस्त बनाउन सकिन्छ भन्ने हो र त्यसै अनुसार काम गरिरहेका छौँ।"

तर जनस्वास्थ्य जानकारहरूले सङ्क्रामक नयाँ भेरिअन्ट देखिएको अवस्थामा सरकारको तयारी फितलो भएको चेतावनी दिएका छन्।

कस्तो छ तयारी?

लामो समय कडा निषेधाज्ञा गर्दा पनि उल्लेख्य रूपमा सङ्क्रमण दर घटाउन नसकिएको र लक्षण बिनाका मानिसहरू परीक्षण नै नगरेका कारण जोखिम कायम रहेको बताइएको छ।

उपचारात्मक पाटो र सामुदायिक परीक्षणमा जनशक्तिलाई तालिम दिन थालिएको मन्त्रालयले बताएको छ।

प्रकाशित मिति: : 2021-07-06 15:04:00

प्रतिकृया दिनुहोस्