पाइलटलाई तालिम दिने संस्था छनोटमा गडबडी: कम शुल्कको प्रस्ताव लत्याउँदै बढी तोक्नेलाई टेण्डर

लोकान्तर

काठमाडाैं

नेपाल वायु सेवा निगममा पाइलटको लाइसेन्स नवीकरणसम्बन्धी तालिम लिनका लागि सेवा खरिद गर्दा अनियमितता भएको पाइएको छ ।

निगमको एयर बस ३२०/३३० का लागि करारमा नियुक्त भएका स्वदेशी तथा विदेशी पाइलटका लागि दिइने तालिमको सेवा खरिदका लागि विदेशी संस्था छनौट गर्दा अनियमितता भएको पाइएको हो ।

निगमले कोटेसन मागेपछि कम दरभाउ पत्र पेश गर्ने संस्थालाई छनौट नगर्दा कानून, प्रक्रिया त मिचिएको छ नै निगमलाई आर्थिक भार पर्दा लाखौँ रुपैयाँको नोक्सानी समेत बेहोर्नुपरेको छ ।

कम दररेट प्रस्ताव गर्ने संस्थालाई छनौट गर्नुपर्नेमा बढी रकम प्रस्ताव गर्ने संस्थालाई कानूनविपरीत छनोट गरिएको छ ।

त्यसबाहेक निगमका आफ्नै स्वदेशी पाइलटबाट प्रशिक्षण नगराएर विदेशी प्रशिक्षकबाट प्रशिक्षण दिलाउँदा निगमलाई लाखौँ रुपैयाँ नोक्सानी भएको छ ।

यसरी भएको थियो अनियमितता

नेपाल वायु सेवा निगमको एयरबस ३२० विमानमा हाल १७ जना नेपाली र १ जना विदेशी गरी कुल १८ जना क्याप्टेन तथा १३ जना को-पाइलटसहित ३१ जना छन् ।

प्रकाशित मिति: : 2021-07-08 17:43:00

प्रतिकृया दिनुहोस्