काेराेना महामारीकाे प्रभाव: कुमारी हल सधैँका लागि बन्द

काेराेना महामारीले चलचित्र क्षेत्रलाई नराम्ररी प्रभाव पारेकाे छ।

यहीबीच कमलपोखरीस्थित कुमारी चलचित्र भवन (हल) सधैँका लागि बन्द बन्द भएकाे छ।

कोरोना महामारीले प्रभाव पारेपछि दुईवटा पर्दा भएको यो हलका संचालक सधैंका लागि बन्द गर्ने निर्णयमा पुगेका हुन्।

क्यूएफएक्स चेनको संचालनमा रहेको हलभित्रका सामानहरुसमेत अहिले हटाउन थालिएको छ। अब चलचित्र भवन अन्य प्रयोजनका लागि प्रयोग गरिने बताइएको छ।

 

प्रकाशित मिति: : 2021-07-09 06:18:00

प्रतिकृया दिनुहोस्