हात हेराउँदा ज्योतिषीले प्रधानमन्त्री हुन्छस् भन्थे भन्नलाई ...

लोकान्तर

काठमाडाैं

दिलनिशानी मगर

खाने मुखलाई जुँगाले छेक्दैन भनेजस्तै घुमाइफिराइ प्रधानमन्त्री पद कांग्रेस सभापति शेरबहादुर देउवाकै मुखमा आइपुगेको छ । जुँगाले छेक्दैन भन्ने उखान कसले शुरू गरेको हो, जसले गरे पनि त्यो दिमागवाला नै रहेछ । 

हिन्दीमा एउटा कहावत छ, 'उपरवाला जब देता हे तो छप्पड फाड्के देता हे ।' यतिखेर भगवानले देउवाका लागि फेरि एकपटक छप्पड फाडेका छन् ।

अरे यार, राम र सीताको मूर्ति केपी ओलीले बनाउने, पशुपतिमा सुनको गजुर पनि केपी ओलीले नै हाल्ने तर भगवानले 'छप्पड फाडेर' दिनेचाहिँ देउवालाई मात्र किन होला ? यो प्रश्न निकै रहस्यमयी बनेको  छ । 

ज्योतिषीले भविष्यवाणी गरेजस्तै करीब तोकिएकै घडीपलामा देउवाले शपथ लिनेछन् । म जे बोल्छु, सत्य मात्र बोल्छु, पदमा रहँदा वा नरहँदा सत्यबाहेक केही बोल्दिनँ भन्नेछन् । बालुवाटारमा देउवाको सिरानी, डसना फेरिँदैछन् । नचाहेरै पनि मनभरी सागरजस्तै गहिरो पीर बोकेर ओली बालकोट हुत्तिँदैछन् ।

एकबारको जुनीमा पाँचौंपटक प्रधानमन्त्री बन्न लागेका कांग्रेस सभापति धेरैपटक प्रधानमन्त्री बनेको नेताका रूपमा गिनिज बूकमा चाँडै लेखिने सम्‍भावना पनि छ।

प्रकाशित मिति: : 2021-07-13 15:55:00

प्रतिकृया दिनुहोस्