बलिउड अभिनेता कार्तिक आर्यन र अभिनेत्री कृति सेननले दोस्रो पटक स्क्रीन शेयर गर्ने भएका छन्।
उनीहरुले दक्षिण भारतीय चलचित्र ‘अला बैकुन्ठपुरमलो’ को हिन्दी रिमेक ‘शहजादा’ मा स्क्रीन शेयर गर्न लागेका हुन्।
यसअघि पनि उनीहरुले 'लुकाछुपी'मा सँगै काम गरिसकेका छन्।
‘शहजादा’लाई अभिनेता बरुण धवनका भाई रोहित धवनले निर्देशन गर्दैछन्।