'क्रु मेम्बर'का लागि जापानको होटलसँग सम्झौता गर्दा अनियमितता, कानूनविपरीत अयोग्यलाई छनोट

लोकान्तर

काठमाडौं

नेपाल वायु सेवा निगमले 'क्रु मेम्बर'को बासका लागि जापानमा होटलसँग सम्झौता गर्ने क्रममा पनि आर्थिक अनियमितता भएको पाइएको छ ।

निगमको कानूनअनुसार अन्तर्राष्ट्रिय उडानका लागि पाँचतारे होटलसँग सम्झौता गर्नुपर्ने ठाउँमा कानून, विनियमावली, कार्यविधिविपरित तल्लो स्तरको होटलसँग ६ करोड ३९ लाख ८२ हजार १८४ रुपैयाँ बराबरको सम्झौता गरेको पाइएको छ।

होटलसँगको मिलेमतोमा निगमको फ्लाइट अपरेसन विभागका निर्देशक दीपुराज ज्वार्चनले कानूनी प्रावधानविपरीत मनोमानी ढंगले सम्झौता गरेर आर्थिक अनियमितता गरेको पाइएको हो।

जापानको नारिता सेक्टरमा क्रु मेम्बरको बास व्यवस्थापनका लागि नयाँ सम्झौता प्रक्रिया अगाडि बढाउन शिलबन्दी दरभाउपत्रमार्फत आवश्यक संख्यामा प्रस्ताव मागिएको थियो।

बैठक बसेर प्राप्त शिलबन्दी खोलिएको थियो। उक्त बैठकमा अपरेसन विभागका निर्देशक दीपुराज ज्वार्चन, अपरेसन निर्देशक सुप्रिया तुलाधर, कानूनअधिकृत ललित सापकोटा, वरिष्ठ लेखा अधिकृत अच्युत ढुंगाना, अपरेसन अधिकृत महेश भट्टराई सामेल भएका थिए ।

नारितामा क्रुका लागि नयाँ सम्झौता अगाडि बढाउन अक्टोबर २२, २०१९ मा पहिलोपटक आरएफपी जारी भएकोमा निर्धारित समयमा प्राप्त हुन नसकेपछि पटक-पटक शिलबन्दी दरभाउपत्र (आरएफपी) जारी गरिएको थियो।

प्रकाशित मिति: : 2021-07-15 14:33:00

प्रतिकृया दिनुहोस्