तरकारी बाली जोगाउन जडान गरिएको करेन्टमा लागेर एक जनाको मृत्यु

विजय साह

जनकपुर 
Symbolic photo
Symbolic photo

तरकारी बाली जोगाउन जडान गरिएको विद्युत लाइनमा करेन्ट लागेर धनुषामा एक जनाको मृत्यु भएको छ।

बुधबार राति जिल्लाको धनुषाधाम नगरपालिका ७ बस्ने २४ बर्षीय धनी यादव करेन्ट लागेर मृत्यु भएको हो।

प्रहरीका अनुसार धनुषाधाम–७ का रामबहादुर मण्डलले आफ्नो भण्टाबारीमा जङगली बँदेलबाट तरकारी बाली बचाउनका करेन्ट सप्लाई गरिएको नाङ्गो तारमा छोएपछि घाइते भएका यावदको प्रादेशिक अस्पतालजनकपुरमा उपचारको क्रममा मृत्यु भएको छ।

करेन्ट लागेर अन्य दुईइजना गम्भीर घाइते भएका छन्। घाइते हुनेहरुमा सोही ठाउँ बस्ने रामजीवन र राजुकुमार साह रहेका छन्। उनीहरुको उपचार रामजानकी अस्पतलामा जनकपुरमा भइरहेको छ।

खेतमा करेन्ट जडान गर्ने रामबहादुर मण्डललाई प्रहरीले नियन्त्रणमा लिएर घटनो थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धनुषाधाम प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2021-07-15 17:36:00

प्रतिकृया दिनुहोस्