दक्षिण भारतीय चलचित्र क्षेत्रका चर्चित अभिनेता विजयलाई कर छलेको आरोपमा एकलाख जरिवाना गरिएको छ।
मदरास उच्च अदालतले उनलाई एक लाख जरिवानाको फैसला सुनाएको हो।
उनले सन् २०१२ मा कार किन्दा कर छलेको आरोप लागेको थियो।
उनले सन् २०१२ मा इंग्ल्याण्डबाट रोल्स रोयल घोस्ट कार मगाएका थिए। तर उनले देश भित्र्याउँदा तिर्नुपर्ने कर तिरेका थिएनन्। जसको लागि उनले करसहित एक लाख जरिवाना तिर्नु परेको हो।