जान्हवीले किनिन् यति महंगाे नयाँ घर

बलिउड अभिनेत्री जान्हवी कपूरले नयाँ घर किनेकी छन्।

उनले मुम्बईमा ४० करोड भारु मुल्य बराबरको सुविधा सम्पन्न घर किनेकी हुन्।

पछिल्लो समय जान्हवीको लोकप्रियता लोभ लाग्दो छ। उनको सुन्दरता जत्तिको छ, त्यो भन्दा झन् उनको अभिनय अब्बल मानिन्छ।

सन् २०१७ मा रिलिज भएको चलचित्र 'धडक'बाट बलिउडमा डेब्यु गरेकी जान्हवीले छोटो समयमै राम्रो सफलता हात पारिन्।

उनको हातमा अहिले पनि दर्जनौ चलचित्रको सम्झौता छन्। उनी हाल एकैचोटी तीन वटा चलचित्र 'रुहीअफ्जा', 'तख्त' र 'दोस्ताना-२' को लागि तयारी गर्दैछिन्। 

प्रकाशित मिति: : 2021-07-16 07:03:00

प्रतिकृया दिनुहोस्