सरकारलाई विश्वासको मत नदिने एमालेको निर्णय

नेकपा एमालेले सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकले सरकारलाई समर्थन नगर्ने र विश्वासको मत पनि नदिने निर्णय गरेको हो।

बैठकले सदनमा रचनात्मक भूमिका निर्वाह गर्ने तथा सांसदहरूलाई सरकारकाे विपक्षमा उभिन निर्देशन दिने निर्णय गरेको पनि एमाले सचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिए। 

बैठकले कार्यदलले राम्रो काम गरेको र प्राप्त सुझावलाई नेतृत्वले ग्रहण गर्ने निर्णय गरेकाे छ।

प्रकाशित मिति: : 2021-07-16 13:44:00

प्रतिकृया दिनुहोस्