एमाले कार्यदल भंग, १० बुँदे सहमति अनुमोदन

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा एमाले एकता जोगाउन गठन भएको १० सदस्यीय कार्यदल भंग भएको छ।

बैठकले विवाद समाधान कार्यदलको पार्टी एकताका निम्ति तयार पारेको १० बुँदे प्रस्ताव अनुमाेदन गरेको छ।

शुक्रबार बसेको स्थायी कमिटीको बैठकले १० बुँदे प्रस्तावलाई अनुमोदन गर्दै कार्यदल भंग गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

कार्यदलका एक जना संयोजक संसदीय दलका उपनेता सुवास नेम्वाङले बिएल नेपाली सेवालाई जानकारी दिए, 'बैठकले मेहनतसाथ सहमतिको प्रस्ताव तयार पारी सफलता पूर्वक जिम्मेवारी पूरा गरेकाेमा कार्यदललाई धन्यवाद दिएको छ। यसलाई कार्यान्वयन गरेर अघि बढ्ने निर्णय गरेकाे छ।'

बैठकले सर्वोच्च अदालतको परमादेशका आधारमा कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा बनेको वर्तमान सरकारलाई विश्वासकाे मत नदिने निर्णय पनि गरेकाे छ।

प्रकाशित मिति: : 2021-07-16 13:55:00

प्रतिकृया दिनुहोस्