साउथका सुपरस्टार अल्लू अर्जुनकी छोरी अरहाले फिल्ममा डेब्यू गर्ने भएकी छन्।
अभिनेत्री सामन्था अक्किनेनीको मुख्य भूमिका रहने फिल्म ‘शकुन्तलम’ मा चार वर्षकी अरहाले अभिनय गर्ने लागेकी हुन्।
अल्लू स्वयंले सोसल मिडियाबाट छोरीले फिल्ममा डेब्यू गर्न लागेको जानकारी दिएका हुन्।
उनको परिवारको तीन पीढी पहिलादेखि नै साउथ फिल्ममा आबद्ध छ। त्यसैले चौथो पिढी पनि फिल्ममा अभिनय गर्न लागेकोमा उनले खुसी व्यक्त गरेका छन्।