कलाकार पल्पसा डंगोल ‘चम्सुरी’को दुवै मिर्गौला फेल,  तत्काल प्रत्याराेपण गर्नुपर्ने 

हास्य कलाकार पल्पसा डंगोल ‘चम्सुरी’को दुवै मिर्गौला फेल भएको छ। उनी हाल टिचिङ अस्पताल महाराजगञ्जमा उपचाररत छिन्।

एक महिनाअगाडि स्वास्थ्य खराब भएपछि पल्पसा टिचिङ अस्पताल भर्ना भएकी उनको पाँच वर्षअघि देखि नै मिर्गौलामा समस्या देखिएको थियो, तर छोरीहरूले थाहा नपाउन् भनेर आफ्नो रोग लुकाउँदै आएको उनकी साथी कलाकार दीपाश्री निरौलाले बताएकी छिन्।

‘उहाँको मिर्गौलामा पहिला देखि नै समस्या थियो अऔषधि खाँदै आउनु भएको थियो, युरिक एसिड मात्रै भएको भन्दै आउनु भएको थियो।’ कलाकार निरौलाले भनिन्। 

डाइलेसीस गरिरहेकी पल्पसाको केही दिन यतादेखि स्वास्थ्यमा समस्या आएको थियो। उनको स्वास्थ्य अवस्था जटिल हुँदै गएकोले चाँडो भन्दा चाँडो मिर्गौला प्रत्यारोपण गर्न चिकित्सकले सुझाव दिएका छन्। 

पल्पसा केही वर्षअघि श्रीमानसँग छुट्टिएर दुई छोरीसँग बस्दै आएकी छिन्। मेरी बास्सैमा सुरूदेखि नै अभिनय गर्दै आएकी पल्पसा निषेधाज्ञाअघि सम्म पनि अभिनयमा सक्रिय थिइन्। 

प्रकाशित मिति: : 2021-07-18 07:35:00

प्रतिकृया दिनुहोस्