प्रधानमन्त्री देउवाले पाए विश्‍वासको मत, पक्षमा १६५

Photo– PTI
Photo– PTI

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्‍वासको मत प्राप्त गरेका छन्।

प्रधानमन्त्री देउवाले विश्वासकाे मत पाउँ भनी आइतबार प्रतिनिधि सभामा प्रस्ताव पेस गरेका थिए।

प्रधानमन्त्री देउवाकाे पक्षमा १६५ मत परेकाे सभामुख अग्नी सापकाेटाले जानकारी दिएका छन्। यसैगरी विश्वासकाे मतकाे विपक्षमा ८३ मत परेको छ, भने एक जना सांसद तटस्थ बसेका छन्। प्रतिनिधि सभामा सभामुखसहित २४९ जना सांसदकाे सहभागीता रहेकाे थियाे। 

नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमाेर्चा तथा माधव नेपालसहित केही एमालेका सांसदले प्रधानमन्त्री देउवालाई मत दिएका छन्। 

नेकपा एमालेबाट प्रधानमन्त्री देउवालाई विश्वासकाे मत दिनेमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान रहेका छन्।

त्यस्तै, गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले देउवालाई मत दिए। 

सर्वाेच्च अदालतको परमादेशपछि प्रधानमन्त्री देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। प्रधानमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ। साेही अनुसार प्रधानमन्त्री देउवाले विश्वासकाे मत लिएका हुन्।

विश्वासकाे मत पाएसँगै प्रधानमन्त्री देउवा प्रतिनिधि सभाको बाँकी कार्यकालका लागि प्रधानमन्त्री बनेका छन्।



एमालेका २२ सांसदले दिए देउवालाई विश्वासको मत

माधवकुमार नेपालसहित २२ जना एमाले सांसदहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन्।

अध्यक्ष केपी शर्मा ओली पक्षधर प्रेम आले, कृष्णकुमार श्रेष्ठ ‘किसान’, गोपाल बम र धनबहादुर बुढाले पनि प्रधानमन्त्री देउवालाई मत दिएका हुन्।

एमालेका सांसदहरू विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी रहेका छन्।

त्यस्तै विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले देउवालाई मत दिए।

प्रकाशित मिति: : 2021-07-18 22:12:00

प्रतिकृया दिनुहोस्