हामी ज्युँदै छौँ, अब ढाँटछल चल्दैन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेले सत्ताबाहिर हुँदा पनि ढाँठछल गर्न प्रतिक्रिया दिएका छन्।

प्रतिनिधिसभा बैठकमा आफ्ना धारणा राख्दै प्रचण्डले भने,‘राष्ट्रपति कार्यालयमा समेत अस्वाभाविक परिघटना भए। त्यहाँ प्रधानमन्त्री नियुक्तिमा प्रयोग भएको भाषा संविधानको मर्म र भावनाविपरीत थियो।’

प्रचण्डले व्यक्तिवाद, अहंकारवाद, चरम महत्वाकांक्षा ओलीमा रहेको बताएका छन्।

‘भन्ने एउटा गर्ने अर्को? त्यसको साक्षी हामी थिएनौँ?, हामी ज्युँदै छौँ र उपस्थित छौँ, अब त्यस्ताे चल्दैन।  किन पत्याउने तपाईंलाई ? गोहीको आँशु देखाउने ? प्रणालीको चिन्ता अझै ?’ 
 

प्रकाशित मिति: : 2021-07-18 19:38:00

प्रतिकृया दिनुहोस्