एमालेका यी १५ सांसदले छाडे माधव नेपालकाे साथ, देउवालाई विश्वासको मत दिएनन्

File photo
File photo

नेकपा एमालेको माधवकुमार नेपाल समूहका सबै सांसदहरले प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतबार प्रतिनिधि सभामा विश्वासको मत दिएनन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वासको मत मागिरहेको बेला संसद भवनभित्रै नेपाल समूहका नेताहरू छलफलमा जुटेकाे थियाे। 

छलफलमा पार्टी एकता जोगाउन गठित कार्यदलका सदस्यसहित अन्य केही नेताहरुले विश्वासको मत नदिने निर्णय गरेका हुन्। 

कार्यदलमा रहेका घनश्याम भुसाल, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डेले विश्वासको मत नदिने भएका छन्। कार्यदलमा नरहेका योगेश भट्टराई, दीपकप्रकाश भट्ट, झपट रावल, यज्ञराज सुनुवार, सोमप्रसाद पाण्डे, नारायण खतिवडा, राजबहादुर बुढा,लगायतका केहीले पनि विश्वासको मत नदिने भएका छन्।

यसअघि प्रधानमन्त्री नियुक्त गर्ने बेलामा देउवालाई साथ दिएको नेपाल समूहले आज मतदान गर्ने अन्तिम समयमा आएर छलफलमा जुटेका थिए।

आजै नेपाल समूहका नेता भीम रावलले सांसद पदबाटै राजीनामा दिएका थिए।
 

प्रकाशित मिति: : 2021-07-18 20:34:00

प्रतिकृया दिनुहोस्