भीम रावलले माफी माग्दै भने, 'दूषित राजनीतिको मतियार बन्न सकिनँ'

सांसदबाट राजीनामा दिएका एमाले उपाध्यक्ष भीम रावलले अछामी मतदातासँग माफी मागेका छन्।

अनैतिक र दूषित राजनीतिको मतियार बन्न नसकेकाे बताउँदै  उपाध्यक्ष रावलले प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएको स्पष्ट पारेका हुन्।

जनताले पाँच वर्षका लागि दिएको मत पूरा अवधि संरक्षण गर्न नसकेकोमा क्षमा चाहन्छु उनले सामाजिक सञ्जालमार्फत् भने।

उनले भने, 'जनता, विशेषतः अछामी मतदाताका सामु स्वच्छ र नैतिक राजनीतिक जीवन तथा देशको सर्वोपरि हितमा समर्पित रहने बाचा अनुसार मैले अनैतिक र दूषित राजनीतिको मतियार नहुन प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएको छु। अछामी जनताले ५ वर्षका लागि दिएको मत पूरा अवधि संरक्षण गर्न नसकेकोमा क्षमा चाहन्छु।'

प्रकाशित मिति: : 2021-07-18 21:49:00

प्रतिकृया दिनुहोस्