बलिउडमा सर्वाधिक रुचाइने अभिनेत्रीमध्ये आलिया भट्ट पनि एक हुन्।
पछिल्लो समय आलियाको कुरा गर्दा दर्शकहरुलाई स्वतह अभिनेता रणवीर कपूरको याद आउनु सामान्य हो।
केही वर्षदेखि यो जोडी प्रेम सम्बन्धमा छ। उनीहरुको सम्बन्धलाई विभिन्न अन्तर्राष्ट्रि सञ्चारमाध्यमहरुले पनि प्राथमिकताका साथ 'गसिप' बनाएर उल्लेख गरिरहेको पाइन्छ।
त्यसो त आलियाको लागि रणवीर पहिलो प्रेमी होइनन्, न त रणवीरको लागि आलिया पहिलो प्रेमिका हुन्।
यसअघि पनि रणवीरको नाम अभिनेत्रीहरु दीपिका पादुकोण र कट्रिना कैफ जोडिएको थियो। कट्रिनाले केही हदसम्म रणवीरसँगको प्रेमलाई खुलाउने प्रयाससमेत गरेकी थिइन्। तर सम्बन्ध लामो समयसम्म टिक्न सकेन।
त्यस्तै दीपिकासँग पनि रणवीरको दुई वर्षसम्म अफेयर चलेको थियो। त्यो सम्बन्ध पनि टिक्न सकेन। र मुलतः अहिले आलियासँग प्रेम सम्बन्धमा छन्।
यस मामलामा आलिया पनि कम छैनिन्। केही समय आलियाको नाम पनि अभिनेता वरुण धवनसँग जोडिएको थियो। तर यसबारेमा भने उनीहरुले खुलेर स्पष्ट पारेका थिए।
अभिनेता सिद्धार्थ मल्होत्रासँगको प्रेम भने आलियाले स्वीकारेकी थिइन्। करिब तीन वर्षसम्म सिद्धार्थ र आलियाबीच अफेयर चल्यो। तर त्यो भन्दा लामो समय टिक्न सकेन।
विगतका दिनहरुमा जोसँग सम्बन्धमा रहे पनि हाल भने रणवीर र आलिया गहिरो प्रेममा छन्। तर, उनीहरुको यो सम्बन्ध पनि बिहेसम्म पुग्ला वा त्यसअघि नै फेरि आ-आफ्नो बाटोमा लाग्लान्। यो थाहा पाउन भने हामीले केही समय कुर्नैपर्छ।