'पोनोग्राफी' बनाएकाे आराेपमा शिल्पा शेट्टीका श्रीमान पक्राउ

चर्चित बलिउड अभिनेत्री शिल्पा शेट्टीको श्रीमान राज कुन्द्रा पक्राउ परेका छन्।

राज कुन्द्रा एक चर्चित व्यवसायी पनि हुन्। उनीमाथि अश्लिल भिडियो 'पोनोग्राफी' बनाउँदै आएको आरोप लागेको छ।

'पोनोग्राफी'कै विषयमा वस्त्रविहिन भएर फोटोशुट गर्ने र गराउनेसहित अन्य ११ जना पनि पक्राउ परेका छन्।

प्रमाण भएकै आधारमा दुई वटा मुद्दा दर्ता भएको कारण राज कुन्द्रालाई पक्राउ गरेको मुम्बई प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीकाे भनाई छ। 

प्रकाशित मिति: : 2021-07-20 07:25:00

प्रतिकृया दिनुहोस्