ओली र विप्लवबीच बालकाेटमा भेटवार्ता: के भयो कुराकानी ?

निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बालकोट पुगेका छन्।

विप्लवसहित शीर्ष नेताहरू खड्ग बहादुर विश्वकर्मा 'प्रकाण्ड' र धर्मेन्द्र बास्तोला समेत ओलीलाई भेट्न उनकै निवास पुगेका हुन्।

भेटवार्तामा गत फागुन २१ गते भएकाे दुई पक्षीय सम्झाैताकाे बारेमा छलफल भइरहेकाे विप्लवनिकट स्राेतले बिएल नेपाली सेवालाई जनाएकाे छ।

सम्झाैतामा उल्लेख भएका तीन बुँदे सहमति अनुसार  नेकपाका नेता-कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज र सम्पूर्ण कार्यकर्ता रिहाइ हुनुपर्ने उल्लेख गरिएकाे थियाे।

ओली नेतृत्वकाे तत्कालीन सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएका सम्झाैताहरू यस्ता थिए:

१. दुबै पक्ष नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता र सम्वादबाट समाधान गर्न सहमत भएका छौं।

२. नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्न सहमत भएको छ।

३. नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहाई गर्न र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको छ।

पछिल्लो समय महासचिव विप्लव विभिन्न नेताहरूसँग भेटवार्ताको लागि दौडधुप गरिरहेका छन्। उनले केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेताहरू माधव नेपाल र डा. बाबुराम भट्टराईलाई उनीहरूकै निवास पुगेर भेटेका थिए।

 

प्रकाशित मिति: : 2021-07-20 10:24:00

प्रतिकृया दिनुहोस्