‘जासुसी’ प्रकरणः विपक्षीद्वारा भारतीय संसद स्थगित

Photo - PTI
Photo - PTI

भारतीय राष्ट्रिय कांग्रेसका वरिष्ठ नेता शशी थरुरले पेगासस ‘जासुसी’ प्रकरण बारे सदनभित्रै गम्भीर चिन्ता व्यक्त गरेका छन्।

इजरायली ‘स्पाइवेयर’ पेगासस प्रयोग गरी पत्रकार, सामाजिक कार्यकर्ता तथा विदेशी कूटनीतिज्ञहरुको गोप्य ‘जासुसी’ गरेको खुलासा भएको छ।

‘जासुसी’ प्रकरणको सन्दर्भमा नेता थरुरले भारतीय संसदको वर्षे सत्रको दोस्रो दिनमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग तंथ्यगत जवाफ मागेका छन्।

द वायरसहित अन्तर्राष्ट्रिय सञ्चार संस्थामा प्रकाशित रिपोर्टको प्रधानमन्त्री मोदी र सरकारको जवाफ माग गर्दै विपक्षी नेताहरुले संसदमै हंगामा गरेका छन्।

भारतीय राज्यसभा र लोकसभामा ‘स्पाइवेयर’ पेगासस प्रकरण व्यापक रुपमा उठेपछि दुबै सदन स्थगित गरिएको छ। मोदी सरकारले आफू इतरका व्यक्तिलाई तह लगाउन कथित कार्य गरेको कांग्रेस नेता थरुरले आरोप लगाएका छन्।

‘सरकारले तत्काल यसको जवाफ दिर्नुपर्छ। ह्याकर प्रयोग किन नागरिकलाई दुःख दिने काम ग¥यो। मोदीले भारतीय लोकतन्त्रमा भद्दा मजाक गरे,’ उनले भने।

भारत सरकारले ‘ह्याकिङ सफ्टवेर’ पेगाससमार्फत् कयौँ देशका कूटनीतिज्ञ, मन्त्री र पत्रकारहरूको ‘जासुसी’ गरिएको द वायरले जनाएको छ। सन् २०१८ देखि तीस सय भारतीयको गोप्य ‘जासूसी’ गरेको भारतीय अखबार द हिन्दूले खुलासा गरेको हो।

द वायरले सार्वजनिक गरेको रिपोट अनुसार ४० जना भारतीय पत्रकारको मोबाइल नम्बरमाथि ‘जाजुसी’ गरिएको छ। जो– प्रधानमन्त्री नरेन्द्र मोदीका खरो आलोचक मानिन्छन्।

प्रकाशित मिति: : 2021-07-21 06:03:00

प्रतिकृया दिनुहोस्