अन्तरिक्षमा पुगेर फर्किए अमेरिकी अर्बपति जेफ बेजोस

Photo - Reuters/ GETTY IMAGES/ BLUE ORIGIN

संसारका सबैभन्दा धनी व्यक्ति तथा इ–कमर्स कम्पनी अमेजनका संस्थापक जेफ बेजोस अन्तरिक्ष पुगेर सफलतापूर्वक फर्केका छन्।

उनी आफ्ना भाइ, ८ वर्षीय किशोर र ८२ वर्षीय महिलाकाे साथ् अन्तरिक्षको यात्रा गरेर पृथ्बीमा सकुशल फर्किका हुन्।

यात्रामा भाइ मार्क बेजोस, पूर्वपाइलट एभिएसन सेक्युरिटी इनवेस्टिगेटर ८२ वर्षीय वाली फंक र १८ वर्षीय किशोर ओलिभर डेमेन थिए।

उनीहरूले बेजोसकै कम्पनी ब्लू ओरिजनको अन्तरिक्षयान ‘न्यू शेफर्ड’ बाट उडान भरेका हुन्। जेफ बेजोस, भाइ मार्क, फंक र डेमेनलाई लिएर यो स्पेस क्याप्सुल आफ्नो बुस्टरबाट करिब ७६ किलोमिटरको उचाईमा अलग भएकाे थियाे। 

उनीहरू चढेको ‘न्यु सेफर्ड’ पृथ्वीको सतहबाट ६६.५ माइल माथि गएको थियो। उनीहरु अन्तरिक्षमा कम्तिमा १० मिनेट बसेका थिए। ८२ वर्षीय वाली विश्वको सबैभन्दा बढी उमेरकी अन्तरिक्षयात्री बनेर नयाँ इतिहास रचेकी छिन्।

यसअघि रिचर्ड ब्रेन्सन पनि अन्तरिक्षको यात्रा गरेर फर्किसकेका छन्। उनी ५५ मिनेट अन्तरिक्षमा बसेका थिए।

प्रकाशित मिति: : 2021-07-21 09:03:00

प्रतिकृया दिनुहोस्