नेपाल समूहको स्थायी कमिटी बैठक जारी, सहभागी भएनन् भीम रावल

File photo
File photo

नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक जारी छ। बानेश्वरस्थित एक पार्टी प्यालेसमा जारी बैठकमा नेपालनिकट मानिने उपाध्यक्ष भीम रावल भने सहभागी छैनन्।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदमाथि पार्टी अध्यक्ष केपी शर्मा ओलीले कारबाही प्रक्रिया थालेपछि उनीहरु आन्तरिक छलफलमा जुटेका हुन्। 

नेपालनिकट स्थायी कमिटीका सबै सदस्यहरु बैठकमा पुगेपनि उपाध्यक्ष रावल भने सहभागी नभएकाे पार्टीका एक नेताले बताएका छन्।

प्रधानमन्त्री देउवाले आइतबार संसदबाट विश्वासको मत लिनुअघि नेता नेपालसँग असहमति राख्दै नेता रावलले सांसद पदबाट राजीनामा समेत दिएका थिए। 

देउवालाई विश्वासको मत नदिने अडानमा रहेका रावल र नेता नेपालबीच पछिल्लोपटक सम्बन्ध चिसिएको उनीनिकट नेताहरु बताउँछन्। रावल एमाले विवाद समाधानका लागि गठित कार्यदलको संयोजक (नेपाल समूह) समेत हुन्।

प्रकाशित मिति: : 2021-07-21 15:57:00

प्रतिकृया दिनुहोस्