राष्ट्रियसभामा न्याय परिषद् र न्यायसेवा आयोगको प्रतिवेदन पेश

Photo - Rss
Photo - Rss

राष्ट्रियसभाको आजको बैठकमा “न्याय परिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन, २०७६/७७” पेश भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले आयोगको वार्षिक प्रतिवेदन सभा समक्ष पेश गरेका हुन्।

बैठकमा सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८” खारेजसम्बन्धी प्राप्त पत्रको व्यहोरा पढेर सुनाएका थिए।

राष्ट्रियसभाको अर्को बैठक यही साउन ८ गते दिउँसो १ बजे बस्नेछ। 

प्रकाशित मिति: : 2021-07-22 16:08:00

प्रतिकृया दिनुहोस्