'इमान्दार' आईजीपी शैलेश थापा क्षेत्रीको एक वर्षे कार्यकाल– अपेक्षा धेरै, हातमा लाग्यो शून्य !

लोकान्तर

काठमाडौं

नेपाल प्रहरीको इतिहासमा भद्र र शालीन मानिएका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले असार २४ मा आफ्नो कार्यकालको एक वर्ष पूरा गरे ।

जागिरे जीवनको लामो समयसम्म प्रहरी प्रधान कार्यालय नछाडेका र प्रहरी प्रशिक्षण प्रतिष्ठनामा आफूमुनिका दर्जालाई पढाएका आईजीपी थापाले संगठनको कमाण्ड सम्हाल्दा रातारात परिवर्तन नभए पनि संगठनमा देखिएका विकृति नियन्त्रण हुने आशा थियो । 

मनमा राजनीतिक दलका नेताहरूको दबाब सहनु नपरेहुन्थ्यो भन्ने भए पनि व्यवहारमा भने उनी दबाबबाट टाढा रहन सकेनन् । एक वर्षभित्र कुनै सम्झनलायक काम हुन नसकेको प्रहरीकै कर्मचारीहरू बताउँछन् ।

नियमित सरुवा बढुवाबाहेक नीतिगत तहमा प्रहरी संगठनले कुनै उपलब्धि हासिल गर्न पाएन । 

संगठनमा इमान्दार र कानूनबमोजिमको मात्र काम गर्ने भनेर चिनिएका थापा आईजीपी भएसँगै संगठनमा सुधार आउने आशा प्रहरीको माथिल्लो तहदेखि तल्लो तहका कर्मचारीहरूसम्मको थियो ।

उनी आफूचाहिँ इमान्दार देखिए तर मातहतलाई लगाम लगाउन सकेनन् । न प्रहरी संगठनलाई नै प्रभावित पार्ने गरी आउने राजनीतिक दबाबलाई चुनौती दिन नै सके ।

प्रकाशित मिति: : 2021-07-23 12:15:00

प्रतिकृया दिनुहोस्