यी ४ 'फ्याक्टर' जसका कारण माधव नेपालप्रति एकाएक नरम बने ओली

लोकान्तर

उद्धव थापा

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली त्यति चाँडै अरूको कुरा सुनिहाल्ने स्वभावका मान्छे होइनन्।

उनले भनेको कुरामा अरूले प्रश्न वा प्रतिक्रिया व्यक्त गर्‍यो भने त्यो कुरालाई स्थापित गर्न पटक–पटक दोहोर्‍याइरहने उनको बानी छ। 

उनी सकेसम्म आफ्नो कुरामा अरूलाई ‘कन्भिन्स’ गराउन खोज्छन्। कन्भिन्स नभए बेवास्ता गरेर अघि बढ्छन्। तर, पछिल्ला केही दिनयता ओलीको अभिव्यक्तिमा ठूलो परिवर्तन देखिएको छ।

ओलीको परिवर्तित शैलीले उनका निकटस्थ नेता/कार्यकर्तालाई पनि अचम्मित तुल्याएको छ। 

सर्वोच्च अदालतले संसद् पुनःस्थापना गर्न र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न समय नै तोकेर नै परमादेश दिएपछि आफ्नै पार्टीका नेता कार्यकर्ताप्रति पनि कठोर रूपमा प्रस्तुत भइरहेका ओलीको आक्रामकताको पारो केही दिनमै ओर्लियो। उनी एकाएक नरम देखिन थालेका छन्। 

असार ३० गते बालकोटस्थित निजी निवासको बार्दलीबाट आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई ‘गद्दार’को बिल्ला भिराउन कति पनि नहिच्किचाएका ओली साउन ७ मा आइपुग्दा आममाफी दिने तहमा ओर्लिए।

त्यति मात्रै होइन माधव नेपाललाई एमालेमा कुनै ठाउँ दिन नसक्ने अभिव्यक्ति दिएका ओलीले साउन ६ गतेको केन्द्रीय कमिटी बैठकमा पार्टी मिलाउनका लागि नेपाललाई दोस्रो अध्यक्ष दिएर ‘मञ्च शेयरिङ’का लागि तयार रहेको बताए।

प्रकाशित मिति: : 2021-07-23 20:49:00

प्रतिकृया दिनुहोस्