काँग्रेस पदाधिकारी बैठक बूढानीलकण्ठमा सुरू

Photo : Gorkhapatraoline
Photo : Gorkhapatraoline

नेपाली काँग्रेसकाे पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक सुरू भएकाे छ। प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा विहान ९ बजेपछि बैठक सुरू भएकाे हाे।

पार्टीको १४ औं महाधिवेशन र क्रियाशील सदस्यता विवादका सन्दर्भमा शुक्रबारदेखि काँग्रेस शीर्षस्थ नेताहरु बैठक जारी छ।

महाधिवेशनको कार्यतालिका प्रभावित हुने देखिएपछि त्यसको निकासका लागि नेताहरु छलफलमा जुटेका हुन्।

बैठकमा १६ भदौमा केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका परिमार्जन गर्ने वा अधिवेशनको प्रक्रिया छोट्याउने भन्नेमा काँग्रेसमा छलफल हुने बताइएकाे छ। 

प्रकाशित मिति: : 2021-07-24 09:11:00

प्रतिकृया दिनुहोस्