भ्याली कमाण्ड घोषणा गर्नुअघि ‘युथफोर्स’काे शक्ति प्रदर्शन (तस्वीरहरू)

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले आज (शनिबार) ‘युथफोर्स’ को भ्याली कमाण्ड घोषणा गर्दैछ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले भ्याली कमान्डका सदस्यहरूलाई शपथ पनि खुवाउने कार्यक्रम रहेको छ। 

शपथ ग्रहण कार्यक्रमअघि युथफोर्सले काठमाडौँमा मोटरसाइकल र्‍याली गरेर शक्ति प्रदर्शनसमेत गरेको छ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट परमादेशको माध्यमबाट हटाई शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेसँगै युवा संघले चरणवद्ध रुपमा आन्दोलनमा उत्रिएको छ।

मोटरसाइकल र्‍यालीसहितकाे मार्चपासमा सायाैं नेता कार्यकर्ताकाे सहभागिता रहेकाे थियाे। उपत्यकाका तीन वटै जिल्लाबाट बाइक र्‍यालीसहित माइतिघरमा भेला भएका थिए। 

प्रकाशित मिति: : 2021-07-24 15:05:00

प्रतिकृया दिनुहोस्