विदेशको कमाइ कृषिमा लगानी गर्दा गाली, ‘डलर’ फलाउन थालेपछि ताली

लोकान्तर

विराटनगर 

 

उत्तम पोखरेल

मोरङको केराबारी गाउँपालिका–२ का नारायण राईले १० वर्षसम्म बहराइनमा कराएको रकम स्वदेश फर्केर कृषिमा लगानी गरे । तर विदेशमा कमाएको पैसाले शहरमा घर बनाएर बस्न छाडेर कृषिमा डुबाएको भन्दै आफ्नैले उनले गाली गरे । नारायणकी पत्नी खुजुमबिना लिम्बु भने उनको योजनामा साथमै रहिन् ।

वैदेशिक रोजगारीमा कमाएको पैसाले कृषि उद्यम गरेर नारायण नमूना कृषक बनेका छन् । कालो झारले कब्जा गरेको हरियाली पाखालाई राई दम्पतीले अग्र्यानिक चिया खेतीबाट हराभरा बनाएका छन् ।

नारायणले ५ रोपनीबाट शुरू गरेको चिया खेतीलाई विस्तार गरी ४०० रोपनीमा पुर्‍याएका छन् । अब २ हजार रोपनीसम्म चिया खेती विस्तार गर्ने योजना बनाएको उनी सुनाउँछन् ।

विदेश गएर पैसा कमाउनु र चिया खेतीबाट भाग्य चम्काउनुअघि राई यत्रतत्र भड्किएका थिए । सानै उमेरमा आमा बितेपछि उनले आफन्तको घरमा बसेर एसएलसीसम्मको पढाइ सके । उच्च शिक्षा अध्ययन गर्ने योजना बनाएर नारायण २०४४ सालतिर भारत गए । भारतमा अर्काको घरमा ३ वर्षसम्म भाडा माझेरै उनले आईटी पढ्दै केही इलम सिके ।

घडी, रेडियो बनाउने काम सिकेर उनी पुरख्यौली घर फर्किए । घर फर्किएर रेडियो बनाएर ‘यो रेडियो नेपाल हो’ नभनेसम्म सुन्ने गरेको उनले स्मरण गरे ।

प्रकाशित मिति: : 2021-07-24 18:55:00

प्रतिकृया दिनुहोस्