प्रियंकाको पेट देख्दा तर्सिनेहरूका नाममा

लोकान्तर

काठमाडौँ
दिलनिशानी मगर

 

यो लेख लेखिरहनु खासै आवश्यक त थिए, तर नायिका प्रियंका कार्कीको ''बेबी बम्प''माथि चौतर्फी हमला हुँदा मैले मन थाम्न सकिनँ । आँखामा राख्दा पनि नबिझाउने यति चुलबुले सुन्दर नायिकालाई मानिसहरूले ताइ न तुइको आलोचना गरिरहेको देख्दा मेरो हृदय छियाछिया भएको छ ।

'बेबी बम्प' देखाएको हरेक फोटोमा प्रियंका कार्की यति राम्री, यति कन्फिडेन्ट देखिएकी छिन् कि 'अरे वाह' भनेर तारिफ नै गरौं जस्तो । चिल्लो ठूलो पेट अनि त्यो पेटभित्र हुर्किरहेको एउटा मानवसृष्टि… । उनलाई वरिपरि घेरिरहेका अन्य सुन्दरीहरू । आहा! क्या दृश्य छ ।

एक गर्भवती नारीलाई यो भन्दा गौरवान्वित क्षण अरू हुनै सक्दैन । चाँडै आमा बन्न लागेकोमा प्रियंकालाई अग्रिम शुभकामना !

हरेक नारीका लागि गर्भावस्था जीवनको सबैभन्दा महत्त्वपूर्ण परीक्षा हो । यो मान्छेले मान्छेको निर्माण गर्ने परीक्षा हो । यस्तो बेला नारीहरू उद्वेलित हुन्छन् । रोमाञ्चक हुन्छन् । भावुक हुन्छन् । निराश हुन्छन् । अनि कोमल हुन्छन् । 'बेबी बम्प'को फोटो शूटमा प्रियंका कार्कीको अनुहारमा देखिएको खुशी त्यसको एक उदाहरण हो।

प्रकाशित मिति: : 2021-07-25 11:57:00

प्रतिकृया दिनुहोस्