तास खेलिरहेको अवस्थामा २२ जना पक्राउ 

सांकेतिक तस्वीर
सांकेतिक तस्वीर

विभिन्न स्थानमा तास खेलिरहेको अवस्थामा प्रहरीले २२ जना जनालाई पक्राउ गरेको छ।

काठमाडौंको ठमेलस्थित ड्राइगंन डान्सवारमा तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन्।

डान्सबारका संचालक काभ्रे धुलिखेल नगरपालिका-९ घर भएका ३३ वर्षीय गेन्जे लामा समेत ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। 
विशेष सुचनाका आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ९० हजार ७ सय १५ रुपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो।

त्यसैगरी दाङको घोराही उपमहानगरपालिका-१४ जागृती टोल बस्ने सुरेन्द बहादुर खत्रीको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४१ वर्षीय सुरेन्द्र बहादुर खत्रीलगायत ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १० हजार ३ सय २५ रुपैयाँ सहित पक्राउ गरेको हो।

यस्तै कास्कीको पोखरा महानगरपालिका(१७ हिमाली टोल बस्ने सोही महानगरपालिका-२६ बुढीबजार घर भएका ५३ वर्षीय जम बहादुर गुरुङको कोठामा तास खेलिरहेको अवस्थामा गुरुङ लगायत १० जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।

जुवातास खेलिरहेको भन्ने सुचनाका आधारमावडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७३ हजार ३ सय ९० रुपैयाँ र तास सहित पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ। 

प्रकाशित मिति: : 2021-07-25 12:32:00

प्रतिकृया दिनुहोस्