​​​​​​​फुडमाण्डुमा इसेवामार्फत भुक्तानी गर्दा तीन सयसम्म छुट

नेपालको सबैभन्दा पहिलो र ठूलो अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डू र नेपालको अग्रणी मोबाइल वालेट इसेवाबिच सहकार्य भएको छ।

आफ्नो क्षेत्रका नेतृत्वदायी कम्पनीहरु बिचको यस समझदारीसँगै फुडमाण्डूका प्रयोगकर्ताहरुले मोबाइलवालेट इसेवामार्फत अर्डरमा भुक्तानी गर्न सक्ने भएका छन्। एक कार्यक्रमकाबीच फुडमाण्डू र इसेवा बिच भुक्तानी सेवा उपलब्ध गराउने बारेमा सम्झौता भएको हो। 

सम्झौतासँगै ईसेवाका प्रयोगकर्ताहरुलाई थप सुबिधा दिइनेछ भने फुडमाण्डूका प्रयोगकर्ताहरुले थप भुक्तानीको माध्यम उपयोग गर्न सक्ने छन्।

कम्पनीका ब्राण्ड, सेल्स एण्ड मार्केटिङ्ग म्यानेजर श्यामरत्न मालीले फुडमाण्डूमा हुने अर्डरहरूमध्ये अनलाइन पेमेन्टमा ग्राहकहरुको रूचि बढिरहेको बेलामा इसेवाको उपलब्धताले थप सहज हुने बताए।

उनले भने, ‘हाम्रोमा अहिले ३० प्रतिशतभन्दा धेरै अनलाइन पेमेन्ट भइरहेको छ। ठूलो नेटवर्क भएको ईसेवालाई जोड्न पाउँदा त्यसमा अझ वृद्धि हुने अपेक्षा गरेका छौँ। यसले अब ग्राहकहरुलाई सजिलो तरिकाले खाने कुरा अर्डर गर्दा भुक्तानी गर्न सकिनेछ।’

ईसेवाको बृहत् नेटवर्कमा भएका ग्राहकहरुले सजिलै फुडमाण्डूबाट खाने कुरा अर्डर गर्न सक्नेछन्, ब्राण्ड, सेल्स एण्ड मार्केटिङ्ग म्यानेजर मालीले भने। सो सहकार्यले डिजिटल नेपालको अभियानलाई सहयोग गर्ने र ग्राहकहरुलाई सजिलो हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: : 2021-07-25 17:28:00

प्रतिकृया दिनुहोस्