कोरोना भाइरस: महामारी नियन्त्रणमा 'अमेरिका गलत दिशामा हिँडिरहेको' विज्ञ एन्थोनी फाउचीको चेतावनी

बिबिसी

काठमाडौं
Photo - Reuters
Photo - Reuters

खोप नलगाएका व्यक्तिहरूमा सङ्क्रमण बढिरहेका बेला अमेरिकाका एक जना प्रमुख स्वास्थ्य विज्ञ डा. एन्थोनी फाउचीले कोरोनाभाइरसका मामिलामा अमेरिका "गलत दिशामा हिँडिरहेको" बताएका छन्।

उनले कोरोनाभाइरसको खोप लगाइने दर कम भएका क्षेत्रमा डेल्टा भेरिअन्ट बढिरहेको बताएका हुन्।

फाउचीले स्वास्थ्य अधिकारीहरूले स्थितिलाई नियन्त्रणमा लिनका निम्ति खोप लगाएका अमेरिकीहरूमा पनि मास्क अनिवार्य गर्ने कुराबारे विचार गरिरहेको बताएका छन्।

उनले कमजोर व्यक्तिहरूलाई प्रतिरक्षा बढाउनेखाले खोप दिने कुरा पनि समीक्षाका क्रममा रहेको बताएका छन्।

खोप नलगाएकाहरूका बीचमा अमेरिकामा कोरोनाभाइरस "एउटा महामारी बनेको" उनको भनाइ छ ।

आइतवार सीएनएनसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति जो बाइडनका प्रमुख चिकित्सा सल्लाहकार फाउचीले यस्तो धारणा सार्वजनिक गरेका हुन्।

प्रकाशित मिति: : 2021-07-26 07:26:00

प्रतिकृया दिनुहोस्