तामाकोशीको बिजुली बल्दा पनि भारतबाट आयात गर्नुपर्ने अवस्था, कहिले बनिन्छ पूर्ण आत्मनिर्भर ?

लोकान्तर

काठमाडौं

४सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको तेस्रो युनिटबाट पनि विद्युत् उत्पादन शुरू भएको छ । उत्पादित विद्युत् चरणबद्ध रूपमा राष्ट्रिय प्रसारण लाइनमा जोडिँदैछ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार २१ गते पहिलो युनिटबाट ५६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडेर आयोजनाको उद्घाटन गरेका थिए ।

असार मसान्तसम्ममा १ सय ५२ मेगावाट विद्युत् उत्पादन शुरू भएको छ ।

एक दशकभन्दा लामो समयदेखि प्रतिक्षा गरिएको यस आयोजनाले उत्पादन शुरू गरेसँगै अहिले विद्युत् व्यवस्थापनबारे चासो बढेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा मात्रै निजी क्षेत्रबाट विभिन्न १ सय २४ आयोजनाबाट ८ सय १४ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान)ले चालू आर्थिक वर्ष २०७८/७९ मा पनि विभिन्न आयोजना पूर्ण हुने चरणमा रहेको बताएको छ । 

इप्पानका अनुसार ती आयोजनाहरू यसै आर्थिक वर्षमा राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ ।  

इप्पानका कार्यकारी व्यवस्थापक प्रबल भट्टराईले यसै आर्थिक वर्षमा विभिन्न आयोजना प्रसारण लाइनमा जोडिने बताए ।

प्रकाशित मिति: : 2021-07-28 12:08:00

प्रतिकृया दिनुहोस्