बलम्वुमा सामुदायिक अस्पताल सञ्चालनमा ल्याउँदै

काठमाडौस्थित बलम्वु अस्थायी आईसोलेसन ब्यवस्थापन समितिले कोभिड-१९ संक्रमित बिरामीलाई प्राथमिक उपचार गर्ने उदेश्यले चन्द्रागिरि नगरपालिका वडां.–१२ बलम्वुमा नहुँदा सामुदायिक स्वास्थ्य अस्पतालमा सञ्चालनमा आउने भएको छ।

अक्सिजन सहितको आईसोलेसन सेन्टरका लागि हाल स्थानीय, संघ/संस्थाबाट सहयोग जुट्ने कार्य भईरहेको जारी रहेको समितिले जनाएको छ।

यसक्रममा लाईन्स् क्लब अफ चन्द्रागिरि काठमाडौंका अध्यक्ष जयराम प्रसाद लुईंटेल र नेपाल तरुण दल काठमाडौं क्षेत्र नं.–१० का सभापति ईश्वर लामाले संयुक्त रुपमा बलम्वु अस्थायी आईसोलेसन सेन्टरको लागि ५ थान सर्जिकल बेड सहित पिपिई सेट, स्यानीटाईजर, डिस्पोजल ग्लोब्स्, फेस शिल्ड, मास्क हस्तान्तरण गरिएका छन्।

चन्द्रागिरि नगरपालिका. वडा नं.–७ का वडाध्यक्ष शम्भु के.सी.ले १० थान पिपिई सेट उपलब्ध गराएकाछन्। गुर्जुधारा सहयोगी समुहले दश वटा अक्सिमिटरसहित स्यानीटाईजर, मास्क र डिस्पोजल ग्लोब्स् हस्तान्तरण गरेको समितिले जनाएको छ। 

कोभिड-१९ संक्रमितलाई उच्च मनोबलसहित प्राथमिक उपचार सेवा प्रदान गर्ने गरी आईसोलेसन सेन्टर शनिवारदेखि संचालनमा आउने बलम्वु अस्थायी आईसोलेसन ब्यवस्थापन समितिका अध्यक्ष बिकास महर्जनले जानकारी दिए।

अहिलेको बिषम परिस्थितिमा महामारीले जस्तोसुकै रुप लिनसक्ने भएकाले समाजमा थप संक्रमण फैलिन नदिन त्यसको नियन्त्रण तथा रोकथाम गर्ने हेतुले सद्भावपूर्ण सहकार्य गरि नेपाल सरकारद्वारा जारी गरिएको स्वास्थ्य मापदण्ड पालनासहित कोभिड-१९ संक्रमित ब्यक्तिहरुलाई उच्च मनोबलका साथ बस्ने तथा प्राथमिक उपचार सेवा प्रदान गर्ने आइसोलेसन सेन्टरको उदेश्य रहेको पनि अध्यक्ष महर्जनले प्रष्टाए।

प्रकाशित मिति: : 2021-07-28 21:27:00

प्रतिकृया दिनुहोस्