दीपिकाले महंगो पारिश्रमिक लिएर 'पठान'मा देखाउँदै छिन् अन्तर्राष्ट्रियस्तरको एक्शन

बलिउड अभिनेता शाहरुख खानले निर्माण गर्न लागेको नयाँ चलचित्र 'पठान' सुरुवातदेखि नै चर्चामा छ।

बहुप्रतिक्षित मानिएको यस चलचित्र अहिले छायाङ्कन भइरहेको छ। यसैबीच 'पठान' मा दीपिका पादुकोण अनुबन्धित भएको खबर बाहिरिएको छ।

​यससँगै अब चलचित्रमा शाहरुखसँगै दीपिका पनि मुख्य भूमिकामा देखिनेछिन्। चलचित्रमा जोन अब्राहम मुख्य भूमिकामै छन् भने चलचित्रलाई सिद्धार्थ आनन्दले निर्देशन गर्दैछन्।

भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरे अनुसार दिपिकाले यस चलचित्रमा महंगो पारिश्रमिक लिएर अन्तर्राष्ट्रिय स्तरको एक्सन देखाउँदैछिन्।

निर्माण समूहले हाल चलचित्रको छायांकन मुम्बईमा भइरहेको जनाएको छ।  

प्रकाशित मिति: : 2021-07-29 05:59:00

प्रतिकृया दिनुहोस्