चर्चित पाेर्नस्टार मिया खलिफाले श्रीमानसँग गरिन् 'डिभोर्स'

चर्चित पोर्नस्टार मिया खालिफाले श्रीमानसँग 'डिभोर्स' गरेकी छन्।

उनले आफ्नो सामाजिक सञ्जालमार्फत आफ्नौ वैवाहिक बन्धनलाई पुर्णविराम दिएको जानकारी गराएकी हुन्।

उनले लेखेकी छन्, ‘हामीले हाम्रो वैवाहिक सम्बन्धलाई बचाउन कोसिस गर्यौँ। तर हामी सफल भएनौ। हामीबीचको भावना सकिएको छ। तर सधैँ एकअर्कालाई सम्मान गरिरहनेछौँ।'

मियाले सन् २०१३ बाट पोर्न चलचित्रमा काम गर्न सुरु गरेकी थिइन्। तर सन् २०१६ मा उनले पोर्न क्षेत्र छाडेपछि सन् २०१९ मा विवाह गरेर पारिवारीक जीवन बिताउँदै आएकी थिइन्।

प्रकाशित मिति: : 2021-07-29 18:12:00

प्रतिकृया दिनुहोस्