‘पेगासस’को जासुसी

गोरखापत्र

विश्वास रेग्मी

टर्कीको राजधानी इस्तानबुलमा तीन वर्ष अघि साउदी अरबका चर्चित पत्रकार जमल खसोग्गीको हत्या भएपछि विश्वभर नै त्यसको तरङ्ग फैलियो। हत्या पछाडिका कारणहरू बारे धेरैले आआफ्ना किसिम किसिमका अनुमान पेस गरे। वास्तविक कारण अझै पुष्टि भइसकेको छैन। तर, खसोग्गी नजिकका दुई महिलाले प्रयोग गर्ने मोबाइल फोन नम्बरहरू भने हालैमात्र एउटा अनुसन्धानका क्रममा देखाप¥यो।

ती दुई महिला अरू कोही नभएर एउटी खसोग्गीका श्रीमती हनान एलाट्र र अर्की उनले दोस्रो बिहे गर्न लागेका हेटिस सेन्जिज थिए। हनानले प्रयोग गरेको एन्ड्रोइड फोन र सेन्जिजले प्रयोग गरेको आइफोनका नम्बरहरू अनुसन्धानले फेला पा¥यो। खसोग्गीको हत्या हुनु छ महिना अघिदेखि नै यी दुवै मोबाइल फोनमा ह्याकरहरूले प्रवेश गरेको अनुसन्धानको निष्कर्ष छ। जासुसीका लागि प्रयोग गरिने सफ्टवेयर अर्थात् स्पाइवेयरमार्फत दुई महिलाका मोबाइलबाट गोप्य डेटासम्म पहुँच राखिएको अनुसन्धानले देखाएकोे छ।

गत हप्ता मात्रै भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यको मोबाइल पनि स्पाइवेयरको निसानामा परेको खबर बाहिर आयो। पाकिस्तानका प्रधानमन्त्री इमरान खानदेखि भारतीय कङ्गे्रस आईका नेता राहुल गान्धीको मोबाइल पनि स्पाइवेयरको फन्दामा परिसकेको आशङ्काहरू बाहिरिन थालेका छन्। चर्चित व्यक्तिहरूकै मोबाइलमा सहजै जासुसी हुन थालेपछि यो स्पाइवेयरले अहिले धेरैलाई त्रसित बनाइदिएको छ।

प्रकाशित मिति: : 2021-07-31 12:39:00

प्रतिकृया दिनुहोस्