सर्वोत्तम सिमेन्टको शेयरमा यस्तो छ नियामक, पहुँचवाला र ठूला लगानीकर्ताको सम्बन्धको जालो

हिमाल खबर

काठमाडौँ

सर्वसाधारणलाई महँगोमा शेयर बिक्रीको प्रस्ताव गरेको सर्वोत्तम सिमेन्टको संस्थापक शेयर धितोपत्र बजारसँग प्रत्यक्ष सम्बद्ध व्यक्तिलाई शुरूमै बाँडिनुले भविष्यमा शेयर बजारमा चलखेल गरी मूल्य–पासो सिर्जना गर्न खोजिएको त होइन भन्ने आशंका उब्जाएको छ।

८ पुस २०७७ मा बसेको सर्वोत्तम सिमेन्ट लिमिटेड सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको ६ माघको साधारणसभाले बुक बिल्डिङ विधिबाट शेयर निष्कासन गर्ने निर्णय गर्‍यो।

कम्पनीले ६० लाख कित्ता शेयर रु. ७५० हाराहारीमा बिक्रीको प्रस्ताव अगाडि सारेको थियो। कम्पनीको कुल चुक्ता पूँजी रु. ४ अर्ब ६५ करोडमध्ये १२.९ प्रतिशत शेयर मात्र सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो।

सर्वसाधारणलाई महँगोमा शेयर बिक्रीको प्रस्ताव राखेको कम्पनीमा सर्वसाधारणलाई शेयर जारी गर्नुअघि नै शेयर साझेदारका रूपमा भित्र्याइयो, नियामक निकायका प्रमुखदेखि शेयर बिक्री प्रबन्धक, शेयर ब्रोकर र बजारका ठूला लगानीकर्तासम्मलाई।

उनीहरूलाई बढीमा रु. २५० सम्ममा शेयर बिक्री गरिएको बताइएको छ। तर, कतिपय प्रभावशाली व्यक्तिलाई ‘उपहार’का रूपमा शेयर बाँडिएको आशंका छ। 

प्रकाशित मिति: : 2021-08-02 06:51:00

प्रतिकृया दिनुहोस्