ठेक्का नपरेपछि भारतीय कम्पनीको दादागिरी, सर्भरमा एक्सेस नदिँदा १४ लाख लाइसेन्स छपाइ अलपत्र !

लोकान्तर

काठमाडौं

स्मार्ट ड्राइभिङ लाइसेन्सको कार्ड अभाव भएका कारण साढे ४ लाखभन्दा बढी सेवाग्राहीलाई यातायात व्यवस्था विभागले लाइसेन्स उपलब्ध गराउन सकेको छैन ।

१४ लाख स्मार्ट कार्ड आपूर्ति गर्नका लागि फ्रान्सको एक कम्पनीले ठेक्का पाएको ८ महिना हुन लाग्दा पनि कार्ड आपूर्ति नगर्दा समस्या भएको हो ।

यसअघि २५ लाख कार्ड वितरण गर्नका लागि विगत ८ वर्षदेखि ठेक्का हात पार्दै आएको भारतीय कम्पनीको असहयोगका कारण फ्रान्सको कम्पनीले कार्ड आपूर्ति गर्न नसकेको विभागका अधिकारीहरू बताउँछन् ।

यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालले स्मार्ट लाइसेन्सको हार्डवेयर, सफ्टवेयरदेखि सिस्टमसम्म स्थापना गरेको र सम्पूर्ण डाटाबेस आफ्नो नियन्त्रणमा पारेको मद्रास सेक्युरिटी प्रिन्टर्सले डाटाबेसमा एक्सेस नदिएका कारण कार्ड आपूर्ति हुन नसकेको बताए । तर केही महिनाभित्रमा ती सबै समस्या समाधान भएर कार्ड आपूर्ति हुने उनले बताए ।​

१४ लाख थान कार्ड छपाइको जिम्मा फ्रान्सको कम्पनीलाई

यातायात व्यवस्था विभागले १४ लाख स्मार्ट लाइसेन्स कार्ड आपूर्ति गर्नका लागि फ्रान्सको पेरिसस्थित सेल्प स्यास नामक कम्पनीलाई ठेक्का दिएको छ । सन् २०२० को नोभेम्बर महिनामा नै उक्त कम्पनीले ठेक्का पाएको थियो।

प्रकाशित मिति: : 2021-08-02 10:48:00

प्रतिकृया दिनुहोस्