फेरि बढ्यो संक्रमण, दोस्रो लहरकै विस्तार कि तेस्रो लहरको संकेत ?

शिलापत्र

काठमाडौँ

सविना देवकाेटा

दोस्रो लहरको कोरोना भाइरसको संक्रमण नरोकिँदै गत हप्ता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी १५ असोजदेखि कोरोनाको तेस्रो लहर आउने चेतावनीसहित अस्पतालहरूलाई आवश्यक संरचना तयार पार्न निर्देशन दियो । तर, प्रक्षेपण गरिएको दुई महिनाअगावै नै अस्पतालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । 

विस्तारै ननकोभिड सेवामा फर्किन थालेका अस्पतालहरू यतिखेर कोभिड- १९ का बिरामीले भरिभराउ हुन थालेका छन् । कोरोना संक्रमणको अघिल्ला लहरमा बेड अभाव खेपेका अस्पतालहरूले बिरामीको चाप बढेसँगै बेडको तयारीमा जुटेका छन् ।  

आइतबार मात्रै टेकु अस्पतालले १० शय्याको बेड थपेको छ । त्यस्तै, त्रिवि शिक्षण अस्पतालले पनि १० बेड एचडीयू र २० जनरल ननकोभिडको बेडलाई कोभिड उपचारमा विस्तार गरेको छ ।

प्रकाशित मिति: : 2021-08-02 22:18:00

प्रतिकृया दिनुहोस्