'मिस नेपाल नर्थ अमेरिका'काे लागि शृंखला, मलिना र सुरज न्यूयोर्क आइपुगे 

बिएल संवाददाता

वासिङ्टन डीसी
Breaknlinks
Breaknlinks

अमेरिकाकाे न्यूयोर्क शहरमा आगामी अगस्ट ७ का दिन आयोजना हुने 'मिस नेपाल नर्थ अमेरिका-२०२१' (उत्तर अमेरिका नेपाल सुन्दरी )को लागि पूर्व नेपाल सुन्दरीहरु शृंखला खतिवडा र मलिना जोशी तथा प्रख्यात कार्यक्रम प्रस्तोता सुरज सिंह ठकुरी न्यूयोर्क आइपुगेका छन्।

उनीहरु एकै साथ न्यूयोर्क पुगेका हुन्। उनीहरुलाई विमानस्थलमा स्वागत गर्न आयोजकको तर्फबाट संस्थापक सभापति सैलेस श्रेष्ठलगायत अन्य सदस्यहरू पुगेका थिए। उनीहरुलाई खादा ओढाएर स्वागत गरिएको थियो।

 सन् २०१८ की मिस नेपाल शृंखला खतिवडा अफिसियल मेन्टोर अर्थात् आधिकारिक परामर्शदातासमेत हुन्। उनी चीनमा भएको विश्व सुन्दरी प्रतियोगितामा (ब्युटी विथ पर्पोज )उद्देश्यसँग सौन्दर्य पदक प्राप्त गर्न सफल भएकी थिइन्।

उनी नेपालका विभिन्न स्थानमा सामाजिका कार्यमा संलग्न हुनुको साथै दीर्घकालीन परियोजनामा काम गरिरहेकी छिन्। हावर्ड विश्वविद्यालयमा 'शहरी विकास' विषयमा उच्च अध्ययनको लागि समेत अमेरिका आएकोले उनी अध्ययन पुरा नहुन्जेल यतै रहनेछिन्।

यसैगरी सन् २०११ की मिस नेपाल तथा अभिनेत्री मलिना जोशी पनि विशेष अतिथिको रुपमा आएकी छिन्।

प्रतियोगिताको लागि नेपालका ख्याती प्राप्त कार्यक्रम प्रस्तोता सुरज सिंह ठकुरी पनि आईपुगेका छन्। उनी अतिथिको रुपमा अमेरिका आएका हुन्। उनकाे याे पहिलाे अमेरिका भ्रमण हो। ठकुरी कान्तिपुर टेलिभिजनसंग आबद्ध छन् भने उनी कलाकार,निर्देशक तथा तथा निर्मातासमेत हुन्।

प्रकाशित मिति: : 2021-08-04 06:23:00

प्रतिकृया दिनुहोस्