गायक हनी सिंहसँग श्रीमती शालिनी तलवारले मागिन् १० करोड क्षतिपूर्ति

The Taal Mango
The Taal Mango

बलिउडका चर्चित र्‍यापर हनी सिंहमाथि उनकी पत्नी शालिनी तलवारले घरेलु हिंसाको आरोप लगाउँदै मुद्दा दर्ता गरेकी छन्।

शालिनीले सिंहसँग १० करोड भारतीय रुपैयाँ क्षतिपूर्ति समेत मागेकी छिन्। हनी सिंह र उनका परिवारले आफूमाथि शारीरिक तथा मानसिक रुपमा हिंसा गरेको समेत शालिनीको आरोप छ।

सिंहलाई यस विषयमा २८ अगस्टमा उपस्थित भएर अदालतमा जवाफ दिन नोटिस जारी गरेको छ। साथै, हनी सिंहको श्रीमतीसँग संयुक्त स्वामित्वको सम्पत्ति बेचबिखन गर्न रोक लगाइएको छ।
 

प्रकाशित मिति: : 2021-08-07 18:23:00

प्रतिकृया दिनुहोस्