‘द भ्वाइस अफ नेपाल ३’ काे उपाधि किरण गजमेरले जितेका छन्।
शनिबार भएको फाइननमा गजमेरले अरु ३ प्रतिस्पर्धीलाई पछि पार्दै फाइनल जितेका हुन्। उनी टीम प्रमोदबाट फाइनलमा प्रवेश गरेका थिए।
‘द भ्वाइस अफ नेपाल ३’ का विजेता गजमेरले २५ लाख रुपैयाँ पाएका छन्।
टिम प्रमोदबाट फाइनल पुगेका किरण गजमेर अमेरिकामा बस्दै आएका छन्। उनी भ्वाइसमा सहभागी हुनकै लागि नेपाल आएका थिए। उनले सिक्किमका रवि गहतराजलाई उछिन्दै उपाधि भिडन्त पक्का गरेका थिए।
टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर फाइनल प्रवेश गरेकी थिइन्। उनले काठमाडौका सोनाम शेर्पासँग उनको कडा प्रतिस्पर्धा भएको थियो।
दीपको टिमबाट बुटवलका गोविन्द पुनलाई पछि पार्दै दार्जिलिङका आर्यन अन्तिम चारमा पुगेका थिए। भ्वाइसमा ‘कान्छा छोरा’ का रुपमा परिचित आर्यनले ‘जेठा छोरा’ गोविन्दलाई भोटिङमा पछि पारेका थिए।
टीम तृष्णाबाट अफ्रिता खड्गीलाई उछिन्दै भाेजपुरका ज्वाला राई फाइनलमा प्रवेश गरेका थिए। एक सातासम्म दर्शकले गरेको भोटका आधारमा यो निर्णय भएको हो बिजेता छनोट गरिएको हो।