एमाले विवाद मिल्दा के हुन्छ देउवा सरकारको भविष्य ?

लोकान्तर

काठमाडौं

नेकपा एमालेमा विवादरत दुई पक्षमध्ये माधव नेपाल पक्षले पनि कार्यदलले तयार गरेको १० बुँदे सहमतिको जगमा पार्टी विवाद समाधानको प्रयास गर्ने भनेपछि ढिलोचाडो एमाले विवाद मिल्ने दिशातिर गएको चर्चा राजनीतिक वृत्तमा छ ।

यससँगै अर्को विषयले पनि बहसमा प्रवेश पाएको छ । त्यो हो– एमाले विवाद मिल्यो र माधव नेपाल पक्षका सांसदले सरकारलाई दिएको समर्थन फिर्ता लिए भने शेरबहादुर देउवा नेतृत्वको सरकारको भविष्य के हुन्छ ? 

प्रधानमन्त्री देउवाले विश्वासको मत लिँदा एमालेका २२ जना सांसदले मत दिएका थिए  । उनीहरूले मात्रै समर्थन फिर्ता लिँदा वा सरकारको प्रस्तावमा संसद्मा मत नदिँदा नै देउवा सरकार अल्पमतमा परिहाल्दैनन् । जसपाको महन्थ ठाकुर पक्षको भूमिका के हुन्छ, त्यो हेर्नुपर्ने हुन्छ । 

अल्पमतमा पर्ने अवस्था

नेकपा एमालेको माधव नेपाल पक्षले साथ नदिएको भए नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्न असम्भवप्रायः थियो । देउवाले संसदबाट विश्वासको मत लिँदा १६५ मत पाएका थिए । भलै १३६ मत हुँदा संसद्मा बहुमत पुग्छ । 

विश्वासको मतमा एमालेबाट २२ मत गएको थियो । त्यसैगरी, जनता समाजवादी पार्टी (जसपा)मा विवाद रहँदा पनि सबै (३२ जना सांसद)ले नै देउवालाई विश्वासको मत दिएका थिए ।

प्रकाशित मिति: : 2021-08-09 11:31:00

प्रतिकृया दिनुहोस्